दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइलकमा सवार २ जनाको मृत्यु
दाङ | बैशाख ४, २०८०
सांकेतिक तस्बिर
दाङ: दाङको घोराहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको । आज (सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरामा लु २ ख ४८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार खैराकै १७ वर्षीय गोपाल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोटरसाइकलमा सवार विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ट्रकलाई ुओभरटेकु गर्ने क्रममा मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

